पोखरेल भए डीआईजीमा बढुवा सिफारिस

काठमाडौं– प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बिहीबार बसेको बैठकले पोखरेललाई बढुवा सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार पोखरेललाई डीआईजीमा बढुवा सिफारिस गरिएको हो ।